Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भारतमा कोरोनाबाट एकै दिनमा ८८० जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
भारतमा कोरोनाबाट एकै दिनमा ८८० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ सय ८० जनाको भारतमा कोरोनाबाट  मृत्यु भएको छ। १ लाख ६० हजार कोरोना संक्रमित थपिएका छन् । केही दिनयता निरन्तर संक्रमित बढ्दै आएको भारतमा कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार पुगेको छ। यस्तै‚ त्यहाँ पछिल्लो २४ घण्टामा ८ सय ८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थपिएकासहित भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार पुगेको छ।

टर्कीमा पछिल्लो २४ घण्टामा ५४ हजार ५ सय कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ अमेरिकामा ५१ हजार ५ सय, ब्रजिलमा ३८ हजार ६ सय, इरानमा २३ हजार र अर्जेन्टिनामा १९ हजार ४ सय संक्रमित थपिएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ब्रजिलमा १ हजार ७ सय ३८, अमेरिकामा ४ सय ५०, फ्रान्समा ३ सय ८५ र इटलीमा ३ सय ५८ सहित विश्वभर साढे ८ हजारभन्दा बढीको मृत्यु भएको छ।

विश्वभर हालसम्म १३ करोड ७२ लाख मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा २९ लाख ५८ हजार मानिसको मृत्यु भएको छ। ११ करोड ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स