भारतमा एकै दिन थपिए दुई लाख संक्रमित, कतिले गुमाए ज्यान ?
एजेन्सी । भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५ सय ६९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजार ८ सय ९९ पुगेको छ । कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २१ लाख ४९ हजार २२३ संक्रमित रहेका छन् । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख ७७ हजार ५६४ संक्रमित रहेका छन् । दुबै देशमा ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।
उक्त अवधिमा एक हजार ३७ जनाको ज्यान गएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७३ हजार १५२ पुगेको छ । भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ । जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ । संक्रमितमध्ये एक करोड २४ लाख २६ हजार १४६ जना निको भइसकेका छन् भने १४ लाख ७१ हजार ५९२ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

