Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

आज कस्तो छ देशभरको मौसम ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ७
आज कस्तो छ देशभरको मौसम ?

काठमाडौं । नेपालमा मंगलबार केही क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्हपछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुको साथ साथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Top Changing Nepal

युट्युब सट्स