कोरोनाको संक्रमण दर अत्याधिक बढेपछि यसो भन्छ स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । कोरोना प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर अत्याधिक बढेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।
हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमले बताए । कोरोनाको जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।
मानिसहरुको धेरै भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा, बैठक लगायतका क्रियाकपाल नगर्न प्रवक्ता गौतमले आग्रह गरे । ‘संक्रमणको दर अत्यधिक बढेको छ । आज मात्र दुई हजार बढी संक्रमित थपिएका छन् । हरेक चार दिन दिनमा संक्रमण डबल भइरहेको छ ।’, उनले भने, ‘हाम्रा संरचनाले धान्न नसक्ने गरी बिरामीको संख्या बढ्दै गइरहेको छ । सभा, सम्मेलन, जात्रा नगर्न आग्रह छ ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

