एप्पलसँग ह्याकरले मागे ६ अर्ब फिरौति
ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौति माग गरेको छ । कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यतिधेरै फिरौति माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् । समाचार अनुसार उक्त ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको छ र यो घटना एप्पलका भविष्यका प्रडक्टहरुसँग जोडिएको छ । किनकी ह्याकरहरुले एप्पलका आसन्न प्रडक्टहरु सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको बताइएको छ ।
एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम REvil हो । उक्त ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरुसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ । एप्पलले मंगलबार आयोजना गरेको वसन्तकालीन समारोह अगाडि नै उक्त घटना भएको थियो र सो ग्रुपलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटाहरु प्राप्त भएका थिए । ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए । तर क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न सुरु गरे । डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरुले यस विषयमा खुलासा गरेका छन् ।
एप्पलमाथि दबाब बढाउनका लागि REvil l ले ह्याक गरेका एप्पल प्रडक्टसँग सम्बन्धित डाटाहरुको तस्वीर पोष्ट गर्न सुरु गरेको थियो । त्यसमा कूल २१ वटा स्क्रिनशट थिए, जसमा हालै रिलिज भएको नयाँ आइम्याकका बारेमा पनि विभिन्न जानकारीहरु थिए ।
आइम्याकका अलावा ह्याकरले M1 MacBook Air को डिजाइन पनि लिक गरेका छन् । साथै एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरुले लिक गरेका छन् । स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । जसमा लेखिएको छ- यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ । आगामी मे १ अगाडि सम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौति नपाएसम्म दिनहुँ एप्पलका नयाँ नयाँ डाटा सार्वजनिक गर्दै जाने Revil ले चेतावनी दिएको छ । एजेन्सी
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

