वामदेव गृहमन्त्री बन्न लागेका हुन् त ? यसो भन्छ उनको सचिवालय
काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताए ।
यस्ता समाचारमा सत्यता नभएको र यस्तो कपोकल्पित समाचारको पछाडि नलाग्न उनले अनुरोध गरेका छन् । यस्ता समाचार दुष्प्रचारबाहेक अन्यथा केही नभएको भन्दै उनले सबैलाई त्यसमा विश्वास नगर्न अनुरोध गरे ।
‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क. वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उनको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं’, टमटाले भने ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


