Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भारतलाई हराउँदै नेपालले उपाधि जित्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, १२
भारतलाई हराउँदै नेपालले उपाधि जित्यो

१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। पेनाल्टी सुटआउटमा भारतलाई ५-४ ले हराउँदै नेपालले घरेलु भूमिमा भएको १९ वर्षमुनिको पहिलो साफ च्याम्पियनसिपको उपाधि जितेको हो।
नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
टाइब्रेकरमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका पहिलो पेनाल्टी नै रोकेका थियो । नेपाली सबै खेलाडीले गोल गरे । अन्तिममा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए

naima expoTop Changing Nepal

युट्युब सट्स