पार्टीभित्र दबाबपछि राजीनामा फिर्ता लिने तयारीमा भीम रावल
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए ।
स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए । १० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् । उनले एमाले एकता जोगाउनुपर्ने भन्दै देउवा सरकार जोगाउने जिम्मा आफूहरुको नरहेको बताएका छन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


