Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

आज अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, यी क्षेत्रमा सावधानी अपनाउन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, १५
आज अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, यी क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं । शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभरको मौसम सामान्य अवस्थामा रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भरहेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । प्रदेश १, बागमती तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, कर्णाली लगायत नदीमा उच्च बहाव तथा पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स