एक साता निषेधाज्ञा थपियो, अब के खुल्ने, के नखुल्ने ?
काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा थपिएको छ । मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो ।
हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन् । निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन् ।
यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यस्तै मंगलबार मात्रै पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


