तराइमा ४ जना अान्दोलनकारीको मृत्यु , दर्जनाैं प्रहरी र अान्दोलनकारी घाइते
महोत्तरी : जलेश्वर नगरपालिका–४ महेन्द्रचोकमा बुधबार बन्दकर्ताले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा भएको झडपमा परी जलेश्वर नगरपालिका–७ बस्ने रोहन चौधरी, जलेश्वर नगरपालिका–१४ बस्ने मुसवा कापर र जलेश्वर नगरपालिका–५ बस्ने रामविवेक यादवको मृत्यु भएको छ । सो क्रममा ८ जना प्रदर्शनकारी घाइते भएका छन् । सो स्थानमा रबर बुलेट र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै गरेर सप्तरी : पोर्ताहा–८ स्थित पूर्ब–पश्चिम राजमार्गमा मधेसी मोर्चाका कार्यकर्ताले सडकमा रुखका मुढा र ढुंगा राखी गरेको यातायात अवरुद्ध प्रहरीले खुलाउनेक्रममा बुधबार भएको झडपमा परी पोर्ताहा–१ बस्ने ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको छ । सो क्रममा प्रहरी हवल्दार धीरेन्द्र यादव, प्रहरी जवानद्वय धर्मेन्द्र सिंह तथा भिम चेम्जोङ र सशस्त्र प्रहरी हवल्दार रामकाजी खत्री सामान्य घाइते भएका छन् । प्रहरीले अवराध हटाउने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले चारैतिरबाट घेरा हाली ढुंगामुढा गर्न थालेपछि प्रहरीले सम्झाई बुझाई गर्दासमेत नमानेकोले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ । ती स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको र हाल अवस्थामा सामान्य रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


