एक सांसदको छुरा प्रहार गरी हत्या
बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उहाँको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उहाँको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो ।
हाँको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । त्यस हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ । प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरिएको जनाएको छ र अनुसन्धान जारी रहेको बताएको छ ।
यस हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।
सांसद डेभिड ६९ वर्षका हुनुहुन्थ्यो । उहाँ सन् १९८३ देखि सांसद रहनुभएको थियो । सांसद डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका बेला हत्या भएको बताइएको छ
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

