तेजिलो दिमागका लागि खानै पर्ने १० चिज
मानिसको सबैभन्दा महत्त्वपूर्ण अंग भनेको मस्तिष्क हो । मस्तिष्कको इशारामा नै शरीरका अन्य अंगहरु सञ्चालन हुने गर्छन् । स्वस्थ शरीरका लागि मस्तिष्कको कार्य सही हुन जरुरी छ । मस्तिष्कलाई तन्दुरुस्त राख्नका लागि खानेकुरामा विशेष ध्यान दिन जरुरी छ । जसका लागि खानैपर्ने १० खानेकुराका बारेमा यहाँ उल्लेख छ ।
पालक
पालकमा म्याग्नेशियम र पोटाशियम अधिक मात्रामा पाइन्छ । स्मरणशक्ति सँगसँगै क्षमता बढाउन पालक मद्दतगार मानिन्छ । पालकमा भिटामिन बी६, ई र फोलेट भारी मात्रामा पाइन्छ । फोलेटको कमिले स्मरणशक्ति कम हुने र अल्जाइमरको समस्या हुन्छ ।
ओखर
ओखरमा प्रोटिन र स्वस्थकर फ्याट पाइन्छ । ओखरको सेवनले स्मरणशक्ति तेजिलो हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड हुन्छ जसलाई अल्फा–लिनोलेनिड एसिड पनि भनिन्छ । यसले रक्तचाप कम गर्छ । र रक्तधमनीहरुलाई पनि सुरक्षा प्रदान गर्छ । ओखरले मुटु र मस्तिष्कलाई दुवैलाई फाइदा गर्छ ।
मिक्स अन्न
यसमा कार्बोहाइड्रेट, ओमेगा ३ र भिटामिन बी पाइन्छ । मस्तिष्कको विकास र गतिका लागि यो जरुरी हुन्छ । काब्र्स ऊर्जा मुड र व्यवहारलाई सही बनाउन र स्मरणशक्तिलाई सन्तुलनमा राख्न यो अन्नको आवश्यकता पर्छ ।
कफी
मस्तिष्कको एकाग्रता बढाउनका लागि कफी महत्त्वपूर्ण पेय पदार्थ हो । यसले मस्तिष्कमा एन्टिअक्सिडेन्ट पनि पुर्याउन मद्दत गर्छ । शरीरमा आवश्यक पर्ने क्याफिन पनि कफीबाट प्राप्त हुन्छ ।
डार्क चकलेट
दिमागलाई तेजिलो बनाउनका लागि डार्क चकलेट धेरै नै फाइदाजनक मानिन्छ । यसमा ७० प्रतिशत नरिवल हुन्छ । कोकोमा फ्ल्यावोनोइड्स पाइन्छ । जसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ । यसले मस्तिष्क स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै, स्याउ, अंगुर, प्याज, चिया, बियर र वाइनमा पनि फ्ल्वोनोइड्स पाइन्छ ।
फ्याटी माछा
यो माछामा ओमेगा–३ फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । यसमा एक प्रकारको अनस्याचुरेटेड फ्याट हुन्छ । जसले बीटा अमाइलोइडको स्तर कम गर्छ । बीटा अमाइलोइडको कारण मस्तिष्कमा क्लंप्स बन्छ जसको कारण अल्जाइमरको समस्या हुन्छ । हप्तामा कम्तीमा दुई पटक माछा खाने गर्नुपर्छ । साल्मन, कोड, टुना आदि प्रजातिका माछाहरु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
हरिया सागसब्जी
हरिया सागसब्जीहरुमा भिटामिन सी जस्ता एन्टिअक्सिडेन्ट्स पाइन्छ । यसमा क्यारोटेनोय्ड्स पाइन्छ । यसलाई मस्तिष्कलाई सुरक्षा दिने शक्तिशाली पदार्थ मानिन्छ । ब्रोकाउली, पत्तागोभी, ब्रुसली र अंकुरित सागसब्जीहरुको सेवनले मस्तिष्कलाई फाइदा गराउँछ ।
दूध
दूधमा भिटामिन बी६, बी१२, क्याल्शियम, म्याग्नेशियम र पोटाशियम पाइन्छ । यसमा सबै प्रकारका पोषक तत्वहरु पाइन्छ । यसका साथै, दूधमा हुने प्रोटिनले तनावग्रस्त मस्तिष्कको कार्यमा पनि सुधार ल्याउँछ ।
ब्ल्याकबेरी
अध्ययनका अनुसार ब्ल्याकबेरीको सेवनले स्मरणशक्ति बढाउँछ । यसले छिटो विर्सिने समस्यालाई पनि कम गराउँछ । यसमा भारी मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले ब्रेन सेलको सुरक्षा गर्छ । यसका साथै, ब्रेन सेलको विकास पनि गर्छ ।
पानी
हाम्रो मस्तिष्कको ८५ प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीले मस्तिष्कका कोशिकाहरुलाई सुख्खा हुन दिँदैन । अनुसन्धानका अनुसार पानीको कमिले मस्तिष्कका कोशिकाहरुको साथसाथै एकाग्रता र स्मरणशक्तिलाई पनि प्रभावित गर्छ । हरेक दिन ६ देखि ८ गिलास पानी पिउन आवश्यक छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

