Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

सामलिङ्ग पावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, १५

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर भोलि अर्थात मंगलबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको शेयर २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९।६७ गुणा बढी हो ।

कम्पनीले कुल ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै शेयर पाउनेछन् ।

Top Changing Nepal

युट्युब सट्स