हालसम्म कुन कुन देशमा फैलियो ओमिक्रोन ?
काठमाडौं । दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको चेतावनी दियो ।
अहिलेसम्म ओमिक्रोनसँग सम्बन्धित मृत्युको खबर आएको छैन । यद्यपि, यससम्बन्धी थप अनुसन्धान आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन कोरोना भाइरस भेरियन्ट नोभेम्बर २४ यता कम्तीमा २२ देशमा फेलापरेको जनाइएको छ ।
यी हुन् ओमिक्रोन फेलापरेका देशहरू
एसियाली देशहरू : हङकङ, जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबिया ।
अफ्रिकी देशहरू : दक्षिण अफ्रिका र बोत्स्वाना ।
युरोपेली देशहरू : अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन र बेलायत ।
उत्तर अमेरिकी देश : क्यानडा ।
दक्षिण अमेरिकी देश : ब्राजिल ।
अष्ट्रेलियाली देश : अष्ट्रेलिया ।
हिन्द महासागरमा रहेको फ्रान्सको रियुनियनमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


