Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई व्यक्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २०
यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई व्यक्ति

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि हुनेमा दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का विदेशी व्यक्ति छन् । उनीहरू दुवैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका र पीसीआर रिपोर्ट पनि नेगेटिभसहित नेपाल प्रवेश गरेका मन्त्रालयले जनाएको छ ।

उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको र अहिले अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिं आफैंलाई मंसिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गराउन आएका थिए ।

उनीहरुको पीसीआर रिपोर्टमा एस जिन नेगेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो । सो क्रममा दुवै जनामा मंसिर १९ गते (आइतबार) राति नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयले दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स