Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज मंगलबार घट्यो सुनको मूल्य,कतिमा भइरहेको छ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २१
आज मंगलबार घट्यो सुनको मूल्य,कतिमा भइरहेको छ कारोबार ?

आज साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको जनाइएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम रहेको छ ।

महासंघले हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैया तोकेको थियो । तेसैगरी, सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स