काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यस वर्षकै कम मापन
जानकारी केन्द्र
२०७८, मंसिर, २६
काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको हो ।
काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ मा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले जानकारी दिइन् ।
यो यस वर्षकै कम न्यूनतम तापक्रम हो । मौसमविद वासीका अनुसार शनिबार न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकामा जस्तै अन्य ठाउँमा पनि चिसो बढेको उनले बताइन् ।
न्यूनतम र अधिकतम तापक्रम कम हुँदा चिसो बढ्छ । आकाश खुल्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । यस्तो अवस्थामा चिसो महसुस हुन्छ । केही दिनयता काठमाडौंमा बिहान र बेलुकाका समयमा चिसो बढेको महुसस भइरहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



