दोहोरो अंकले बढ्यो नेप्से
जानकारी केन्द्र
२०७८, पुष, २०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।
नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।
आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

