धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काठमाडौं। धापासी जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी अमित आचार्य ले वर्ष २०२२ का अध्यक्ष जेसी खेम राज अधिकारीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले निती नियम, पदभारको उचित कार्यान्नयन, लोकतन्त्र र देशको सुशासन प्रबर्धनमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
जेसीजका युवाहरुले देशमा रहेको बिस¨ती तर्˚ आवाज उठाउनु पर्ने,उद्यमशीलतालाई प्राथमिकतामा राख्नु पर्ने र सामाजिक सेवाको भावनालाई उजागर गर्नु पर्ने भन्दै महतले राजनीतिक दलहरुले पनि युवाहरुलाई उचित भूमिका दिनुपर्ने र सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखाको सामाजिक कार्यमा तथा टोखा क्षेत्रको ब्यक्तीत्व र नेतृत्व बिकाशमा धापासी जेसीजले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
तिल¨टार माध्यामिक बिध्यालय धापासीका प्रधानाध्यापक सरोज पाण्डेले धापासी जेसीजले सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा जेसीज रहेको र धापासी क्षेत्रमा बिगत १६ बर्ष देखी सम्पुर्ण कार्याक्रमहरुमा सधै उपस्थित रहेको र आगामी कार्यक्रमहरुमा पनि सधै साथ र सहयोग निरन्तर रहि रहने बताए । नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रमा कुमारी प्याकुरेलले धापासी जेसीज लाई बर्ष भरी नै आ˚ुले गर्नुपर्ने साथ सहयोग रही रहने र २४ सै घण्टा आ˚ु तयार रहेको र देशभरीका शाखाहरु मध्ये सधै उत्कृष्ट कार्यहरु गर्दै आईरहेकोमा धन्यवाद ज्ञापन गरिन् ।
समारोहमा धापासी जेसीज वर्ष २०२२ का अध्यक्ष खेम राज अधिकारीले यो वर्ष नेपाल जेसीजमा रहेको बिभिन्न चार बिधा भित्र रही उत्कृष्ट कार्यहरु समाजमा गर्दै जाने र
विविध कार्यक्रम गरिने बताए । उनले युवा उद्यमशिलता, अन्तराष्ट्रिय स्तरको तालिम, स्वास्थ्य शिबिरहरु तथा टोखा नगरपालिकाको संस्कृति प्रबर्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताए । तसर्थ धापासी जेसीजमा महासचिवमा प्रवल गौतम, कानुनी सल्लाहकारमा धिरज कुमार अधिकारी र कोषाध्यक्षमा धर्मिन्द्रा शाही लाई नियुक्त समेत गर्नु भयो । यसै गरी बर्ष २०२२ का अन्य पदहरु १६ औ अधिवेशन बाट निर्बिरो निर्वाचित भैसकेको थियो । कार्यकारीणी उपाध्यक्षमा २ र उपाध्यक्षमा ४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित हुने कार्यकारीणी उपाध्यक्ष मा जेसी सुरज अधिकारी र दिवा घिमिरे रहेका छन् भने उपाध्यक्षमा जेसी सुस्मिता बिश्वकर्मा, जेसी अनुता आचार्य, जेसी कोपिला प्रसाई र जेसी गणेश जैसी चौलागाई रहेका छन् ।
समारोहमा धापासी जेसीजका कार्यहरुमा सहयोग पुर्याउने तिल¨टार माध्यामिक बिध्यालय धापासीका प्रधानाध्यापक सरोज पाण्ड लाई मानार्थ सदस्य सहित अन्य संस्था एवं व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
सम्बन्धित समाचार
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो



