Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, कार्तिक, ८
फेशन डिजाईनर गोमा अधिकारी  धिताल  द्वारा राह्त सहयोग

अहिले विश्व भर कोरोना भाइरसको सन्त्रास छ । यसै सन्दर्भमा नेपालमा पनि यसको असर परिनै रहेकोे छ । यस्तो भयावह बिच नेपाली हरुको महान चाड दशैको मुखमा आइ पुग्दा  दैनिक जनजीवन अझै पनि सह्ज भै सकेको अवस्था छैन। हुने खाने हरुकै लागि पनि अहिलेको कोभिड संक्रमणको अवस्था दैनिक जीवन असहज भैरहेको तथा संक्रमण बाट जोगिदै कसरी शुरक्षित रुपमा चाड वाड मनाउने भन्ने चिन्ता रहेको समयमा विभिन्न बाल गृहमा आस्रित बाल बालिका हरु लाई पनि  शुरक्षित राख्न तथा चाड वाडमा मुहारमा खुशी छर्न एक मनकारी समाज सेवि तथा बाटीका ईन्टरटेन्मेन्टकी संचालीका  एवं  फेशन डिजाईनर गोमा अधीकारी धितालले गोठाटारमा अवस्थित सिर्जनशील चिल्ड्रेन नामक संस्थामा रहेका २० जना बालबालिका  हरुलाई दशैको खाधन्न तथा संक्रमण बाट सुरक्षित रहन  सेनीटाईजर मास्क लगायत का सामग्री वितरण गर्नु भएको छ ।

देशमा भयावहको स्थिति रहेको सन्दर्भमा एक ले अर्को लाई यसरी नै सहयोग गरेको खण्डमा समस्यामा परेका हरुलाइ केहि राहत हुने देखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स