हरेक पालिकाको अस्पतालमा आँखा र दाँतको उपचार हुनेछः स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने जनाएका छन् ।
मन्त्री खापुङले सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारको योजनामा प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले उनले योजना अनुसार नै सरकार अघि बढिरहेको बताए ।
मन्त्री खापुङले भने, ‘स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ। सरकारको महत्त्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ। अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढिरहेको छ । स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ । यसैगरी एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ।’
यसैगरी, उनले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको पनि बताए । वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् ।
सम्बन्धित समाचार
नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

