Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

ईण्डिन आयल कर्पोरेसन सँग आयल निगमले क्षतिपूर्ति माग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १९
ईण्डिन आयल कर्पोरेसन  सँग आयल निगमले क्षतिपूर्ति माग्यो

नेपाल आयल निगमले ईण्डिन आयल कर्पोरेसन (आईओसी) पत्र पठाएर तेल नपठाएको समयमा निगमलाई परेको क्षतिको क्षतिपूर्ति माग गरको छ । निगमले आज कर्पोरेसनका मुम्बइका प्रबन्ध निर्देशकलाई पत्र पठाएर त्यस्तो माग गरेको हो ।
निगमले सन २०१२ अप्रिल २७ मा भएको आपूर्ति सम्झौता विपरित भारतीय आयल कर्पोरेसनले काम गरेको आरोप गर्दै इन्धन आपूर्ति नगर्दा त्यसले निगमलाई गरेको घाटा र कम्पनीमाथिको साखमा असर परेको भन्दै पत्र काटेको हो ।
निगमले आईओसीलाई यसअघि तेल आपूर्ति गर्न आग्रह गरेपछि आईओसीले त्यो आग्रहलाई बेवास्ता गर्दै न्यून परिमाणमा मात्रै तेल दिन थालेपछि निगम रुष्ट बनेको हो ।
उसले सिमा क्षेत्रमा असुरक्षा नभएको भनि भारतीय आयल कर्पोरेसनले गरेको तर्कलाई खारेज गर्दै ४० वर्षदेखिको सम्बन्ध दोवाटोमा आईपुगेको चेतावनी दिएको छ ।

Top Changing Nepal

युट्युब सट्स