त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही
काठमाडौं । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।
‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिएको’ बताएका हुन् । त्रिवि शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उपकुलपति बाँस्कोटाले ‘त्रिवि परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको’ पनि जानकारी दिए ।
त्रिविले प्रश्नपत्र हुबहु सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिकै सिफारिसमा तीन प्राध्यापकलाई कारबाही गरिएको उनले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

