चाँडै चुनावको मिति घोषणा हुनसक्छ– माधव नेपाल
जानकारी केन्द्र
२०७९, असार, ३१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् ।
अध्यक्ष नेपालले शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गरिने र अब कुनैपनि बेला मिति घोषणा हुन सक्ने बताएका हुन् । उनले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने काम भएको छ कि छैन अहिलेदेखि नै स्वयंसेवक पनि खटाउनुस् ।’ साथै, उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत बताए ।
सम्बोधनकै क्रममा उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसके पनि प्रतिनिधिसभामा २०,२५ सिट जित्ने दावी गरे ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

