Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २०
राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै मंगलबार प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन्।

दासानायके २०११ को अक्टोबर यता नेपाली टोलीको प्रशिक्षकमा छन्। उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा विश्व ट्वान्टी–२० खेलेको थियो, जुन नेपाली खेलकुदकै अहिलेसम्मकै ठूलो उपलब्धि थियो। यद्यपी आगामी महिना युएईको अवुधावीमा हुने पपुवा न्यु गिनीविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनशिपको खेलमा नेपाली टोलीलाई उनैले प्रशिक्षण दिनेछन्।

naima expoTop Changing Nepal

युट्युब सट्स