Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ३
कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसको सोमबारको केन्द्रीय कार्यसमितीले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको जनाइएको छ ।

नेपाली कांग्रेसले चुनावलक्षित विशेष अभियान आगामी भदौ २ देखि २४ गतेसम्म सञ्चालन हुने जनाएको छ । त्यस्तै, उक्त अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

यसैगरी, बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णय गरेको छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने सर्त गरेको छ ।

बैठकले गत स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । साथै, कांग्रेसले अवधि सकिएर पनि गठन हुन नभएका संघलाई साउनभित्र गठन गरी पूर्णता दिने भएको छ ।

Top Changing Nepal

युट्युब सट्स