सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर अब इलामको फिक्कलमा पनि
काठमाडौं । सिभिल बैंकले इलाम जिल्ला, सूर्योदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेकी थिइन् । उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको सहभागीता थियो ।
त्यस्तै, अब यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् । सिभिल बैंकले ७ लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ । साथै, ९९ एटीएम रहेको यस बैंकको नयाँ एक्सटेन्सन काउन्टरसहित एक्सटेन्सन काउन्टरको कुल संख्या १३ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकले ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

