वाईसीएलको राष्ट्रिय भेलामा नयाँ नेतृत्व चयन हुने, कहिले छ भेला?
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ ।
वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी दिए । उक्त भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुने जनाइएको छ । करिब ५ सय प्रतिनिधि सहभागी हुने उक्त भेलामा एक महिलासहित प्रत्येक जिल्लाबाट ३ जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । जहाँ कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्नेछ ।
गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन नभएपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो । अध्यक्षमा देवकोटा र शेर्पालीबीच सहमति जुट्न नसकेपछि २०४ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । जहाँ समितिलाई मंसिर ८ वा फागुन १ मा राष्ट्रिय भेला गर्न ‘म्यान्डेट’ थियो ।
यसअघिका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले ४० वर्षे उमेर हद पार गरेका कारण संगठनबाट हटेकी थिइन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


