नेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न संयुक्त कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त कार्यसमितिका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए ।
संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् । नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् । ‘भाषा परीक्षा पास गरेकाहरुलाई जतिसक्दो छिटो जापान पठाउने विषयमा आजको बैठकमा छलफल हुन्छ,’ सदस्य सचिव भुसालले भने ।
जापानमा कामदारहरुको माग उच्च छ । ३ लाख ४० हजार कामदारको माग रहेको र सोही अनुसार विश्वका एक दर्जन बढी देशहरुबाट कामदारहरु लैजाने भनेर जापानी अधिकारीहरुले भन्ने गरेको भुसाल बताउँछन् । ‘नेपालले जति धेरै प्रयत्न गर्यो उति धेरै कामदार पठाउन सकिने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि हामी प्रयासरत छौं ।’ जापासँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

