रातको ११ बजे दश किलोमिटर दौडेर कामबाट घर फर्कने किशोर
काठमाडौं। उनी हरेक दिन राति कामबाट फर्कदा राति छिप्पी सकेको हुन्थ्यो । कार्यस्थलबाट १० किलोमिटर टाँढा निवाससम्म रातको ११ बजे दौडदै फर्कन्थे । यो दृश्य चलचित्र निर्माता विनोद काप्रीले केहि दिन यता देखिरहेका थिए । उनले एक दिन कारबाट फर्कदै गर्दा ति युवकसँग कुरा गरे । उनले ति युवालाई कारमा बस्न भने तर, युवकले दौडेरै घर पुग्छु भने ।
युवकबाट प्रभावित हुँदै उनले नाम सोधे । युवकले आफ्नो नाम प्रदिप मेयरा भएको बताए । यो दृश्य काप्रीले क्यामरामा कैद गरिरहेका थिए । तर, यो कुनै चलचित्रको सुटिङ नभएर इन्डियन आर्मी बन्ने सपना बोकेका उत्तराखण्डका १९ वर्षीय मेयराको दैनिकी हो ।
सामाजिक सञ्जालमा यतिबेला एक भारतीय युवाको भिडियो भाइरल भएको छ । मेयरा नोयडाको बोरला गाउँमा भाईसँग बस्छन् । १९ वर्षिय प्रदिपले नोयडा स्थित एमसी डोनाल्डमा काम गर्छन् । उनको काम गर्ने ठाउँ भन्दा उनको घर दश किलोमिटर टाँढा छ ।
इन्डियन आर्मी बन्ने सपना बोकेका प्रदिप घर जान गाडीमा चढ्दैनन् । आफ्नो सपनालाई साकार बनाउन उनी कामबाट घर फर्किदा १० किलोमिटरको यात्रामा दौडीन्छन् ।उनका अनुसार उनकी आमा अस्पतालमा भर्ना भएकी छिन् । घरमा पुगेर उनले खाना पकाएर भाईलाई खुवाउनुपर्छ । उनी यतिबेला मेहेनति युवाको रुपमा चर्चित भएका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

