आन्दोलनरत समूहसँग बार्ता गर्न टोली गठन
जानकारी केन्द्र
२०७२, कार्तिक, ३
नेपाल सरकारले आन्दोलनरत मधेसी र थारुसँग बार्ता गर्न बार्ता टोली गठन गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गठित सरकारी बार्ता टोलीमा कानून मन्त्री अग्नी खरेल, सामान्य प्रशासन मन्त्री रेखा थापा र विनाविभागिय मन्त्री रामजनम चौधरी रहेका छन ।
मन्त्री सोम प्रसाद पाण्डेले बार्ता टोलीमा काग्रेसको तर्फबाट पनि प्रतिनिधि सहभागि गराउने पहल गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी बैठकमा परारष्ट्रमन्त्रीले आफ्नो भारत भ्रमणको विषयमा भएको कुराकानी ब्रिफिङ गरेका थिए ।
जसमा उनले भारतले रक्सौलबाहेक अरु नाकाबाट आपूर्ति सहज बनाउने विषयमा भारत सकारात्मक रहेको जानकारी दिएका थिए ।
त्यसैगरी बैठकले चालिस प्रतिसत कैद भुक्तान गरेका कैदी बन्दीहरुलाई रिहा गर्ने र कैदी बन्दीको उमेर हद ५ वर्ष घटाएर ६५ वर्ष कायम गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


