१ हजार ९ सय लिटर पेट्रोलसहित पेट्रोलियम पदार्थ कालोबजारी गर्ने पक्राउ -जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १२
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित कपिल बुढाथोकीको घरमा नाफाखोरी गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ संचय गरी लुकाई राखी तोकेको भन्दा बढी मुल्यमा विक्री गर्ने ७ जनालाई १ हजार ९ सय लिटर पेट्रोलसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कलंकी बस्ने ३९ बर्षीय कपिल बुढाथोकी, पर्सा निर्मलबस्ती–६ का ३८ बर्षीय हरिप्रसाद तिमिल्सिना, ४७ बर्षीय टंकप्रसाद तिमिल्सिना, ३५ बर्षीय घनश्याम रिसाल, २६ बर्षीय तोकबहादुर पाख्रिन, ५५ बर्षीय रत्नबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक तौथली–५ का २९ बर्षीय गंगाकुमार श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढाथोकीको घर अगाडि टिनको टहरोमा लुकाई रहेको अवस्थामा १ हजार ७ सय १० लिटर पेट्रोल र सोही स्थानमा रहेको बा.१ ज ६९६८ नम्बरको ट्याक्सीभित्र जर्किनमा राखेको १ सय ९० लिटर गरी जम्मा १ हजार ९ सय लिटर पेट्रोल बरामद गरेको हो ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैंमा पठाइएको नेपाल प्रहरी जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


