Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बिरगञ्ज तनावग्रस्त, यसरी प्रहरीको गोली लागी भारतिय नागरिकको मृत्यु-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १६

नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार बीरगंज उपमहानगरपालिका–१९ स्थित नेपाल–भारत सीमाना मितेरी पुलमा मधेशी मोर्चाका कार्यकर्ताले सोमबार प्रहरीमाथि ढुङ्गामुढा गरेपश्चात स्थिति नियन्त्रणमा लिनेक्रममा भएको झपडमा परी वीरगंज उपमहानगरपालिका–११ बस्ने भारतीय नागरिक २५ वर्षीय आषिशकुमार रामको मृत्यु भएको छ ।
झडपमा गोली लागेर घाइते भएका रामको नारायणी उप–क्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदर्शनकारीले सीमास्थित माइती नेपालको कार्यालय र इनर्वा प्रहरी चौकीमा आगजनी गरेपछि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिन प्रयास गर्दा प्रदर्शनकारीहरु थप आक्रामक भएपछि प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा रामलाई गोली लागेको थियो ।
साथै प्रदर्शनकारीको ढुङ्गा लागेर ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने प्रदर्शनकारीतर्फ घाइते भएका ८ जनाको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटी गएर स्थितिलाई नियन्त्रणमा लिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स