Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाले गुमाए ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २५

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौं १४ कलंकीको सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न। को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र।न।३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो । अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

काठमाडौं २१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका १४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको हो । उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका १२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

Top Changing Nepal

युट्युब सट्स