पहिरोका कारण विभिन्न सडक अवरुद्ध
काठमाडौं । पहिरोका कारण पाँचथर, लमजुङ र म्याग्दीका विभिन्न सडक अवरुद्ध भएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका–२ काबेलीस्थित मेची राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
लमजुङको मस्र्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर–मनाङ जाने वैकल्पिक बाटोमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेस्थित बेनी जोमसोम सडकमा सोमबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै सोही पहिरोका कारण मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बा।१३ च ४४४४ नम्बरको स्कारपियो गाडी आंशिक रुपमा क्षति पुगेको छ ।
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेस्थित बेनी–जोमसोम सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

