लेक लागेर श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता
काठमाडौँ । दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन ।
लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् ।
शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

