बिजुलीको अभाव झेल्दै आएको भारत यसकारण किन्दैन नेपालको बिजुली
काठमाडौं । छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ।
पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका आलटालमा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन्।
पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६ मेगावाट बिजुली किन्न भारतलाई आग्रह गरिरहेको छ।
प्राधिकरणले गत जेठदेखि अहिलेसम्म पाँच पटकसम्म यस्तो आग्रह गरेको छ। तर भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छैन । विद्युत् व्यापारमा भारतीय सरकारले यही निकायलाई अधिकार दिएको छ। नागरिक दैनिकबाट
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

