नाकाबन्दीबारे सरकारिले यसरी गर्दैछ कुटनीतिक पहल – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ११
सरकारले भारतीय नाकाबन्दीका कारण उत्पन्न मानवीय संकटबारे कुटीतितक पहल सुरु गर्दैछ । आजदेखि परराष्ट्रविद्, विभिन्न दलका विदेश विभागका प्रमुख र काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग परामर्श गर्न लागेको हो ।
अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा विज्ञहरूको रायसुझाव लिन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, परराष्ट्रविद् र विभिन्न दलका विदेश विभागका प्रमुखहरूसँग अन्तरक्रिया गर्दैछन्।
भारतीय नाकाबन्दीका कारण नेपालले भूपरिवेष्टित मुलुकका रूपमा उपभोग गर्न पाउनुपर्ने पारवहन अधिकारसमेत हनन भएको छ। नेपालको तेस्रो मुलुकसँगको व्यापार पनि पूर्ण रूपमा प्रभावित भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले दुईपटक वक्तव्य जारी गरी नेपालको पारवहन अधिकारबारे चिन्ता जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता देशबासीका नाममा गरेको सम्बोधनमा भारतलाई अघोषित नाकाबन्दी हटाउन आग्रह गरेका थिए। त्यसअघि सरकारले भारतलाई सीमामा जारी अवरोध हटाइदिन औपचारिक पत्र नै लेखेको थियो।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


