६ गोलको थ्रिलरमा बार्सा विजयी
काठमाडौँ । च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए ।
पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले टोलीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए । तीन मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाए । ६३ औँ मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे । तर ७५ औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरे ।
समूहको सी कै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० गोलले हरायो । बायर्नको जीतमा बेन्जामिन पाभार्ड र एरिक म्याक्सिम चुपो मोटिङले एक–एक गोल गरे । समूहमा बायर्न १८ अङ्कसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अङ्कसहित दोस्रो बन्यो । तेस्रो बनेको बार्साले अब युरोपा लिग खेल्नेछ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

