मेरीलिवोनसँगको खेल, नेपाली खेलाडीलाई सिकाइ र अवसर
काठमाडौँ । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब ९एमसिसी०को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो ।
यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल खेल्यो । उसले दुई खेल जितेर चारवटा हा¥यो । आइसिसीको यु–१९ र मिक्स ११ टोलीलाई हराएको एमसिसीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ ९क्यान–११० सँगको सबै खेल भने हा¥यो ।
खेलमा हारजितभन्दा पनि अनुभव आदान–प्रदान उदाहरणीय बनेको नेपाली टोलीकी कप्तात रुबिना क्षेत्रीले बताइन् । “खेल जिते पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीलाई ४० ओभरको क्रिकेट खेल्ने बानी छैन”, उनले भनिन्, “क्रिकेटको पुरानो क्लबसँग खेल्नु ठूलो कुरा हो, उनिहरूबाट धेरै सिकियो ।”
एमसिसीको टूर नेपाल आउनु आफूहरूका लागि सिक्ने अवसर भएको प्रशिक्षक जगत् टमाटाले बताए । “एमसिसीले एकदमै राम्रो टोली लिएर आएको थियो, उनीहरूसँग खेल्दा खेलाडीमा आत्मविश्वास बढेको छ”, उनले भने, “सबै खेल जित्यौँ, हाम्रा लागि राम्रो रह्यो ।” टोलीसँग खेलेर ४० ओभर खेल कसरी खेल्ने, आफूलाई मानसिकरूपमा कसरी तयार गर्ने र फिटनेसमा के कति ध्यान दिनुपर्ने रहेछजस्ता विषयमा ज्ञान बढेको टमाटाको भनाइ छ ।
विश्वकप खेलिसकेका खेलाडीसँग खेल्न पाउँदा नेपाली खेलाडीले क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएको नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । “एमसिसीमा इङ्ग्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी थिए । हाम्रा खेलाडीले इङ्ग्याण्डका खेलाडीबाट अनुभव लिन पाए”, उनले भने, “अनुभवी खेलाडीसँग खेलेर जितेपछि हाम्रा चेलीहरूमा आत्मविश्वास बढेको छ ।” यो प्रतियोगिताले नेपाली खेलाडीको कमजोरी पनि देखाएको छ, जसलाई सुधार गरेर जाने अवसर मिलेको उनी बताउछन् ।
पोखरामा माछापुछे« र अन्नपूर्ण हिमाल हेर्दै खेल्न पाउँदा निकै खुसी लागेको एमसिसीका व्यवस्थापक क्लेरी टेलरले बताए । नेपाली टोली पनि राम्रो भएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको उनको प्रतिक्रिया थियो । क्रिकेटको जननी बेलायतको मेरीलिवोन क्रिकेट क्लबले दुई सय ३५ वर्षको इतिहास बोकेको छ । यो क्रिकेट क्लब सन् १७८७ मा स्थापना भएको हो ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

