प्रचण्डले भने(ओलीसँग सहकार्य हुँदैन, कांग्रेससँगको गठबन्धन नै कायम रहन्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् ।
उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग सहकार्य नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने,”अहिले यही गठबन्धन कायम रहन्छ । म अर्को गठबन्धन बनाउने पक्षमा छैन् । एमालेसँग सहकार्य हुँदैन् । हाम्रै गठबन्धनको सरकार बन्छ ।”
निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सरकार गठनको लागि सहकार्यको प्रस्ताव गरेका थिए । दाहालले भने निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी रहेकोले अहिले नै कुनै ठोस निर्णय नलिने भन्दै निर्वाचनको सबै परिणाम आएपछि छलफल गर्न सकिने जवाफ दिएका थिए ।
हिजोमात्रै दाहालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । सो भेटमा पनि सत्ता सहकार्यबारे छलफल भएको थियो । पछिल्लो समय सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे बहस सुरु भएको छ ।
प्रचण्डले भने कांग्रेस ठूलो दल भएकोले स्वभाविक रुपमा कांग्रेसले नै सरकारको नेतृत्व गर्दा आपत्ति नहुने धारणा राखेका छन् । तर, आधा आधा कार्यकाल सहकार्यबारे भने पहिले नै सबै विषय टुँगो लगाउनुपर्ने दाहालको अडान छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

