Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

चीनमा लकडाउनविरुद्धको प्रदर्शन प्रमुख सहरमा पनि, राष्ट्रपति सीको राजीनामा माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १२
चीनमा लकडाउनविरुद्धको प्रदर्शन प्रमुख सहरमा पनि, राष्ट्रपति सीको राजीनामा माग

काठमाडौँ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको कडा प्रतिबन्धको विरोधमा प्रदर्शन जारी रहेको छ । सर्वसाधारणले दोस्रो रात पनि प्रदर्शन गरेका हुन्। अहिले प्रदर्शन प्रमुख सहरहरूमा फैलिएको छ । राजधानी बेइजिङ तथा आर्थिक केन्द्र शाङ्घाइसहितका सहरमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा पनि माग गरेका छन् । उनीहरूले राष्ट्रपति सीको शून्य-कोभिड नीतिलाई लकडाउनको कारक रहेको आरोप लगाउँदै तत्काल प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् ।

शून्य-कोभिड नीतिअन्तर्गत कोभिड परीक्षण, क्वारेन्टिन तथा लकडाउनसहितका उपाय अपनाउने गरिएको छ । पछिल्लोपटक उत्तर-पश्चिमी सहर उरुम्कीको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो। गएको बिहीबार भवनमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

उरुम्कीमा गएको अगस्टदेखि नै लकडाउन जारी छ। लकडाउनका कारण उद्धार प्रयास प्रभावित भएकाले सर्वसाधारणको ज्यान गएको प्रदर्शनकारीको आरोप छ ।

कोरोना भाइरसको उत्पत्ति भएको वुहानसहितका सहरमा पनि प्रदर्शन भएको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स