नेकपा एमाले नयाँ सरकार निर्माणका सबै विकल्पमा खुला छः रिजाल
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सरकार गठनका लागि आफ्नो पार्टी सम्पूर्ण मतपरिणाम पर्खिरहेको बताएका छन् ।
‘हामी अहिले पूर्ण परिणामको पर्खाइमा छौं । कसैको स्पष्ट बहुमत नभएपछि सरकार बनाउने सम्भावनाको ढोका खुलै छ । तर त्यसमा प्रवेश गरेका छैनौं । तर अरुले जस्तो अवान्छित र अप्राकृतिक गठबन्धन बनाएर प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने पक्षमा छैनौं,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणका लागि वार्ता अघि बढाउनुभएको होइन र भन्ने अर्को प्रश्नमा उनले भने, ‘हाई, हेल्लो स्वभाविक शिष्टाचार हो । तर सत्तामा केन्द्रित भएर तत्काल हामी कुराकानी गर्ने पक्षमा छैनौं ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण एमालेले आधा दर्जन सिट गुमाउनुपरेको पनि बताए । रिजालले भने, ‘स्वतन्त्र पार्टीका कारण छोटो समयमै सहरी जनमत प्रभावित भएको छ । उसका कारण हामीले जित सुनिश्चित ठानेका चितवन १ र २, भक्तपुर २, दाङ २, काठमाडौं २ र ५ हामीले गुमाएका छौं । समानुपातिकमा हामी ३३ बाट मा थियौं अहिले २७ मा झरेको छौं । यसमा पनि सहरमा स्वतन्त्र पार्टी, पूर्वमा जनमत, पश्चिममा नागरिक उन्मुक्ति, राप्रपा कारण छ ।’ एमालेको कम सिट आउनुमा गठबन्धन पनि अर्को कारण भएको उनले औल्याए ।
उनले कर्णालीमा एमालेको प्रदर्शन कमजोर देखिए पनि मधेस प्रदेशमा पहिलो पार्टी भएकामा सन्तोष व्यक्त गरे । उनले भने,’ कर्णालीमा हामीले प्रतिनिधिसभाको कुनै पनि सिट जित्न सकेनौं । म त्यसमा दुःखी छु । तर समानुपातिकमा हामी नै पहिलो शक्तिका रुपमा छौं । मधेस प्रदेशमा हाम्रो उपस्थिति उत्साहजनक छ । पहिले गठबन्धन गर्दा २ सिट मात्र जितेका थियौं । अहिले ९ सिट जितेका छौं । अघिल्लो चुनावमा विमलेन्द्र निधिले एमालेमुक्त मधेस भन्नुभएको थियो, अहिले कांग्रेसमुक्त मधेस हुन पुगेको स्थिति छ ।’ साथै उनले जनता समाजवादीसँगको तालमेल एमालेका लागि फाइदाजनक नभएको बताए । उनले भने, ‘मधेस प्रदेशमा जसपा कमजोर भइसकेको रहेछ ।’
सम्बन्धित समाचार
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

