Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

देशभर बढ्यो चिसो : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १४
देशभर बढ्यो चिसो : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ ।

काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन  । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ ।

बुधबार ३।४ डिग्री तपाक्रम मापन गरिएको काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ३ डिग्री आसपास छ । अधिकतम तापक्रम पनि १७ डिग्रीमा झरेको छ । यस्तै जुम्लामा माइनस ६ रहेको तापक्रम जोमसोममा माइनस ६ डिग्री तथा जिरीमा माइनस २।६ डिग्री सेल्सियस रहेको छ ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा कुहिरो लागेको हो ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स