पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देशस् व्यवस्था पुनरावलोकन आवश्यक छ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताएका छन्। शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
शाहले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने बताएका हुन्।उनले वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँद गएको बताएका छन्।
‘राष्ट्रको माटो, प्रकृति र आफ्नो प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्छ, हामी चाहन्छौं – देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न(प्रयत्न गतिविधि आफ्नै शैली र ढाँचा तथा प्रक्रियाबाट अघि बढोस्,’ शाहले भनेका छन्।
गणतन्त्र स्थापना भएर गद्दी छाडेपछि तत्कालीन राजाले व्यवस्थाप्रति नै असन्तुष्टि जनाएर पुनरावलोकनको वहस चलाएको यो पहिलो पटक हो । उनले शाहवंशीय राजसंस्था आफ्नो जिम्मवारीबाट नचुक्नेसमेत प्रष्ट पारेका छन्।
‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार,आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुन आवश्यक देखिन्छ’,पूर्व राजाको सन्देशमा भनिएको छ। ज्ञानेन्द्रले राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भन्दै हरेक जनताका आ आफ्नो राष्ट्रिय अवधाण,अनुभुति र चासो चिन्ताका विषय सुन्न तथा बुझ्न आफू तत्पर रहेको समेत बताएका छन्।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

