Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

एक महिनासम्म नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ५
एक महिनासम्म नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो । आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द हुनेछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

Top Changing Nepal

युट्युब सट्स