भिजिबिलिटी कम भएपछि मलेसियाबाट आउँदै गरेको विमान कोलकाता डाइभर्ट
काठमाडौँ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।
यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन् । आरएनपी–एआर एप्रोच प्रणाली किन गर्न सकेन कारण खुलाएका छैनन् ।
‘आरएनपी–एआर अप्रोच गर्न सक्दैनौं भनेर पाइलटले जहाज कोलकत्ता डाइभर्ट गरे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने । काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट ९चार जना० पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

