Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

आज सुनको मूल्य घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ८
आज सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

Top Changing Nepal

युट्युब सट्स