Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

आज घट्यो सुनको मूल्य घट्यो कति छ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २७
आज घट्यो सुनको मूल्य घट्यो कति छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज (शुक्रबार) प्रतितोला १३ सय रुपैयाँ घटेको हो । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लोदिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Top Changing Nepal

युट्युब सट्स